ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पाकिस्तानमा टिकटक प्रतिवन्धात्मक व्यवस्था फेरि खुकुलो

२०७७ कार्तिक, ४  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक ४, पाकिस्तान । छोटो भिडियो शेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिवन्ध लगाएको पाकिस्तानले अहिले फेरी खुकुलो बनाएको छ ।

पूर्ण रुपमा प्रतिवन्ध लगाइको १० दिनपछि केही प्रतिवन्धात्मक व्यवस्था कायम राख्दै टिकटक प्रयोग गर्न पाइने व्यवस्था गरिएको हो । पाकिस्तानका सरकारी अधिकारीहरुले सोमवारदेखि पुरानो निर्णयलाई संशोधन गरिएको जानकारी दिएका छन् । 

पाकिस्तानी दूरसञ्चार प्राधिकरणले सांस्कृतिक र परम्परागत संस्कारलाई नकारात्मक असर पारेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मुस्लीम बहुल मुलुकमा प्रचलनमा रहेका सामाजिक मुल्य मान्यताको उल्लंघन भएको र मुस्लीम संस्कृतिमा नसुहाउने गतिविधिहरु टिकटकमार्फत भएको भन्दै प्राधिकरणमा उजुरी पनि परेको प्राधिकरणले बताएको थियो । 

प्राधिकरणमा परेको उजुरी, विभिन्न क्षेत्रका व्यक्तिहरुको सुझाव तथा दवावका कारण पाकिस्तान सरकारले यही अक्टोबर ९ तारिखदेखि पाकिस्तानमा टिकटक प्रतिवन्ध लगाएको थियो । 

तर अहिले भने सांस्कृतिक रुपमा असर नपार्ने र उछृङ्खल नहुने किसिमका भिडियोहरु भने शेयर गर्न पाउने गरी केही खुकुलो बनाइएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

टिकटक प्रतिवन्ध लगाउने सरकारको निर्णयका बारेमा संसदमा कुरा उठेर छलफल हुँदा केही प्रतिवन्धात्मक व्यवस्थासहित खुकुलो बनाउनु उपयुक्त हुने सुझाव आएपछि खुकुलो बनाउने निर्णय भएको समाचारमा उल्लेख छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्