ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थान्कामा अमेरिकी भन्सार छुटको सम्भावना

२०७७ कार्तिक, ५  
१० वर्ष अघि
NA

संयुक्त राज्य अमेरिकाले नेपालको थान्का र तकियाको खोललाई भन्सार छुटमा आफ्नो देशमा प्रवेश दिन चासो देखाएको छ । नेपालले भने १४ वटा उत्पादनलाई अमेरिकी बजारमा सहज प्रवेश गर्न दिन विशेष व्यवस्था गर्न अनुरोध गरेको छ । ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) मा प्रवेश सम्बन्धी छलफल गर्न हालै अमेरिका गएका नेपाली अधिकारीहरूसामु अमेरिकी अधिकारीले भित्ताहरूको सजावटका लागि बनाइएका बौद्ध धर्मसम्बन्धी विभिन्न आकृतिसहितको थान्का र तकियाको खोल भन्सार छुट दिएर आयात गर्न चासो देखाएका छन् । उनीहरुको चासो विशेषगरी ढाकाको तकियाको खोलका बारेमा रहेको जानकारी भ्रमणमा सहभागीहरूले दिएका छन् । नेपालले प्रस्ताव गरेका १४ वटा वस्तुमा भने थान्का र तकियाको खोल परेका छैनन् ।

वाणिज्य सचिव पुरुषोत्तम ओझाका अनुसार नेपालले प्रस्ताव गरेका सबै वस्तहरू गार्मेन्ट र पश्मिनासँग सम्बन्धित छन् । ‘हामीले नेपालबाट निर्यात हुने महिला र पुरुषका लत्ताकपडाहरूमा विशेष सुविधा दिइओस् भनेर माग ग¥यौं । त्यसप्रति उहाँहरू सकारात्मक देखिनुभएको छ,’ ओझाले अभियानसँग भने । अमेरिकाले आफ्नो देशमा आयात हुने वस्तुहरूलाई दिने विशेष सुविधालाई हरेक १० वर्षमा पुनरावलोकन गर्र्ने गर्छ । सोहीअनुसार अहिले आगामी १० वर्षका लागि जीएसपीको नीति पुनरावलोकन गरिँदैछ । यहीकारण पनि जीएसपीले नेपालका लागि समेत विशेष अर्थ राख्ने जानकारहरू बताउँछन् । जीएसपीको सुविधा पाउनु पनि भन्सार छुट पाउनजस्तै हो । त्यसैल जेएसपीको सुविधा लिनका लागि विशेष पहल गर्नुपर्ने देखिन्छ’ तयारी पोसाक उद्योग संघका अध्यक्ष प्रशान्त पोख्रेल भन्छन् ।

वर्ष ५, अंक ३४, २०६७, वैशाख १३–१९

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्