ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्लोबल आईएमईका २ शाखारहित बैंकिङ सेवा

२०७७ कार्तिक, ५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आईएमई बैंकले रोल्पाको ताप्ला बजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २ सय २९ पुगेको छ ।

ताप्ला बजारको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा कमला ओली र कल्याणपुरमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा किरण कुमारी साहलाई नियुक्त गरिएको बैंकले जनाएको छ । यी सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।

यसबाट उपभोक्ताले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्म रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, एनटीसीको महसुल भुक्तानी, मोबाइल रिचार्जलगायत सेवा लिन सक्नेछन् ।

देशभर बैंकका २ सय ५९ शाखा सञ्जालसहित २ सय ३५ एटिएम, ४३ एक्स्टेन्सन काउन्टर तथा राजस्व संकलन काउण्टर, २ सय २९ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय  छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्