ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चित्लाङ–थानकोट सडकको स्तरोन्नति शुरू

२०७७ कार्तिक, ५  
वाग्मती प्रदेश
NA

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–९ र काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ को थानकोट जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति कार्य शुरू भएको छ ।

चन्द्रागिरि नगरपालिका–४ र ७ मा हाल ४ किलोमिटर क्षेत्रमा चट्टान फोरेर सडक फराकिलो गर्ने काम भइरहेको छ । थानकोट–चित्लाङ–गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य रमा आलेमगरका अनुसार उक्त सडकमा ढल निर्माणका साथै ग्राभेल हाल्ने काम आगामी वर्षको वैशाखसम्म सम्पन्न हुनेछ । उक्त सडकको स्तरोन्नति गर्न संघीय सरकारले रू. १३ करोड उपलब्ध गराएको छ ।

दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि बागमती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने मगरले बताए । चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्ने काम पनि धामाधम भइरहेको छ । केही साताभित्रै कुन्छालदेखि चित्लाङसम्मको सडकखण्डमा साना सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको मगरले जानकारी दिए ।   

चित्लाङ–थानकोट सडकको स्तरोन्नति गरिएपछि मकवानपुरको हेटौंडा र दामन, पालुङबाट मौसमी तरकारी, फलपूmल, खाद्यान्न, इन्धन, औषधिलगायत सामग्री ढुवानी गर्न सहज हुने थाहा नगरपालिकाका नगरप्रमुख लवशेर विष्टले बताए । थानकोट–चित्लाङ सडकखण्डमा दुई दशकअघि कच्ची ट्र्याक खोलेर साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्