ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह

२०७७ कार्तिक, ५  
गण्डकी प्रदेश
NA

तनहुँ । सबै मजदूरको पीसीआर परीक्षण गरिएपछि तनहुँ जलविद्युत् आयोजना अन्तर्गत विद्युत्गृह निर्माण पुनः शुरू भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका मजदूरले पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि केही दिन विद्युत्गृहको काम अवरुद्ध भएको थियो ।

मजदूरको माग बमोजिम निर्माण कम्पनीले २१७ जनाको पीसीआर परीक्षण गरेपछि काम नियमित भएको सिनो हाइड्रो मजदूर युनियनका संयोजक आशिष श्रेष्ठले जानकारी दिए । ‘एक जना चालकमा कोरोना संक्रमण देखिएपछि सबै मजदूरको पीसीआर गर्नुपर्ने माग सहित काम बन्द गरेका थियौं, सबैको पीसीआर परीक्षणपछि रिपोर्ट नेगेटिभ आएपछि काम शुरू गरेका छौं,’ उनले भने । १४० मेगावाट क्षमताको आयोजना अन्तर्गत सिनो हाइड्रोले दोस्रो प्याकेज अन्तर्गतको विद्युत्गृह निर्माण गरिरहेको छ । विद्यृत्गृह निर्माणका लागि १८८ मिटर केवल टनेलको काम केही समयअघि मात्रै सम्पन्न भएको थियो । कम्पनीले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्