ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुर्खेतमा पेट्रोलमा मिसावट गर्ने पम्प सिल

२०७७ कार्तिक, ५  
Image Not Found

सुर्खेत (अस) । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा रहेको शंकर आयल स्टोर्स सिल गरिएको छ । पेट्रोलमा मिसावट भएको स्थानीयको उजुरी परेपछि मंगलवार जिल्ला प्रशासन कार्यालय सुर्खेतले अर्को आदेश नहुन्जेलसम्मका लागि उक्त पेट्रोल पम्प सिल गरेको हो ।

पम्प सञ्चालकले पेट्रोलमा डिजेल मिसावट गरेको इन्धन मोटरसाइकलमा राख्दा इन्जिनमा खराबी आएको भन्दै उपभोक्ताले कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत श्रीशम्शेर रानाको नेतृत्वमा आयल निगमका प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिसमेतको संलग्नतामा गएको अनुगमनपछि पेट्रोलको नमूना संकलन गरी सिल गरिएको हो । अनुगमनमा पुगेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रानाले मिसावटयुक्त पेट्रोलको नमूना संकलन गरी निगमको काठमाडौंस्थित ल्याबमा पठाउन निगमकै सुर्खेत कार्यालयलाई जिम्मा लगाइएको बताए । ल्याबको रिपोर्ट आएपछि कानून अनुसार पेट्रोल पम्प सञ्चालकलाई कारबाही गरिने उनको भनाइ छ । शंकर आयल स्टोर्सका सञ्चालक डम्मर महताराले डिजेल भने ट्यांकरबाट तेल खन्याउँदा डिजेलको ट्यांकीमा राख्नुपर्नेमा भूलवश पेट्रोलको ट्यांकीमा मिसिन पुगेको जिकीर गरेका छन् । मिसावटयुक्त पेट्रोलबारे जानकारी नपाएर कर्मचारीले बेचेको थाहा पाउनेबित्तिकै आपूmले स्वतःस्पूmर्त रूपमै पेट्रोलपम्प बन्द गरेको बताए । नेपाल आयल निगम सुर्खेत प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख शिवराज भण्डारीले कुनै पनि इन्धन विक्रेताले इन्धनमा मिसावट गरेको प्रमाणित भएमा पहिलोपटकको हकमा १ लाख रुपैयाँ जरीवानासहित १ महीनासम्म पेट्रोलपम्प बन्द गर्ने नियम प्रावधान रहेको जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्