ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१५९७.७१ विन्दुमा नेप्से, १ अर्ब ६३ करोड बराबरको शेयर खरीदविक्री 

२०७७ कार्तिक, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ५, काठमाडौं । बुधवार नेप्से परिसूचक १ हजार ५९७ दशमलव ७१ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा १३ दशमलव ९४ अंक बढेको हो ।  साताको दोस्रो कारोबार दिनदेखि उकालो लागेको नेप्से बुधवार पनि बढेको छ।

बुधवार १९२ ओटा कम्पनीको ५५ लाख ९ हजार ४४८ कित्ता शेयर २२ हजार ४८२ पटकमा रू. १ अर्ब ६३ करोड ३२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 
यस दिन एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २४ करोड ९२ लाख ५७ हजार भन्दा बढीको शेयर खरीदविक्री भएको हो ।

कम्पनीले आकर्षक लाभांश प्रस्ताव गरेपछि लगानीकर्ताको आकर्षण बढेसँगै सर्वाधिक खरीदविक्री भएको देखिन्छ । कम्पनीले १९ प्रतिशत बोनस शेयर १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै बुधवारको कारोबार दिनमा अधिकांश बाणिज्य बैंकका कम्पनीका शेयर मूल्य बढेको छ । 

अहिलेसम्म लाभांश प्रस्ताव गरेका कम्पनीहरुले नगदमा भन्दा बोनस शेयरमा जोड दिएका छन् । सोही कारणले पनि लगानीकर्ताहरुले बाणिज्य बैंकको शेयर खरीद गरेको देखिन्छ  ।  

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दै गएकाले निक्षेपमा न्यून ब्याजदर पाइने भएकाले  पनि शेयर बजारमा लगानीकर्ताको आर्कषण बढेको देखिन्छ ।  

बुधवार पनि जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयर मूल्य ९ दशमलव ८४ प्रतिशत वृद्धि भएको छ ।  उक्त कम्पनीको शेयर मूल्य मंगलवार रू. ४८८ मा बन्द भएकोमा बुधवार वृद्धि भएर रू. ५३६ पुगेको हो । बुधवार उक्त कम्पनीको ४५ हजार ७४१ कित्ता शेयर खरीदविक्री भएको छ । 

सबैभन्दा बढी नेपाल फाइनान्सको शेयर मूल्य ५ दशमलव ०५ प्रतिशत घटेको छ भने दोस्रोमा खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ४ दशमलव ७२ प्रतिशत घटेको छ ।

कारोबारमा आएका १२ ओटा समुहमध्ये होटल समुहको शून्य दशमलव ८५ प्रतिशत,जलविद्युत कम्पनीको १ दशमलव शून्य १ प्रतिशत, वित्त समुहको शून्य दशमलव शून्य ७ प्रतिशत र उत्पादन तथा प्रशोधन समुहको परिसूचक शून्य दशमलव २१ प्रतिशत घटेको छ भने बाँकी समुहको परिसूचक बढेको छ ।

सबैभन्दा बढी ब्यापार समुहको परिसूचक २ दशमलव १९ प्रतिशत बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्