ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भ्याटमा बहुदर लागू हुने

२०७७ कार्तिक, ६  
१० वर्ष अघि
NA

व्यवसायीहरूले आवश्यक पूर्वाधार निर्माण गरे भ्याटमा बहुदर लागू हुने अर्थ मन्त्रालयले बताएको छ ।

‘भ्याटमा बहुदर लागू गर्ने नगर्ने व्यापारीले नभई उपभोक्ताको सरोकारको विषय हो,’ राजस्व सचिव कृष्णहरि बास्कोेटाको भनाइ छ । उनले भने, ‘मन्त्रालयलाई भ्याटमा बहुदर लागू गर्न कुनै कठिनाइ छैन ।’

व्यवसायीहरूले हरेक सामानको फरकफरक खाता नबनाएको तथा ग्राहकलाई मेसिनबाट भ्याट बिल दिने व्यवस्था गर्न नसकेकाले भ्याटका बहुदर लागू गर्न नसकेको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

विगत केही समयदेखि नेपालमा भ्याटमा बहुदर लागू गर्न व्यवसायीहरूले आवाज उठाउँदै अएका छन् । भारतमा यो व्यवस्था लागू भएकाले नेपाली बजारमा त्यसले प्रभाव पारेको भन्दै व्यवसायीहरूले बहुदर प्रणालीमा जोड दिएका हुन् । ‘भ्याटमा बहुदर प्रणाली लागू गरेपछि सामानमा अनावश्यक ढंगमा मूल्य नबढाउने प्रतिबद्धता व्यवसायीबाट आउनुपर्छ,’ सचिव बास्कोटाले भने ।

भ्याटमा बहुदर लागू भयो भने भारतबाट हुने सामानको चोरी निकासी बन्द हुने तर्क व्यवसायीहरूको रहेको छ । सरकारले भ्याटमा बहुदर लागू गर्ने सम्बन्धमा दोधारे नीति लिएको आरोप लगाउँछन् नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार । ‘बजारमा माग र आपूर्तिको आधार मालसामानको मूल्य निर्धारण हुने हुँदा बहुदर भ्याट प्रणालीले सामानको मूल्य बढ्दैन,’ मालाकारले भने ।

गत साता आयोजित एक कार्यक्रममा समुद्रपार निकासी पैठासी संघको वार्षिकोत्सवमा अध्यक्ष अशोक अग्रवालले भ्याटमा बहुदर लागू गर्न सरकारलाई आग्रह गरेका थिए ।

वर्ष ५, अंक ३४, २०६७, वैशाख १३–१९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्