ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सामलिङ पावरको आईपीओको प्रत्याभूतिकर्तामा एनआईबीएल एस क्यापिटल

२०७७ कार्तिक, ६  
बजार
NA

काठमाडौं (अस) । सामलिङ पावर कम्पनी लिमिटेडको प्रारम्भिक आईपीओको प्रत्याभूतिकर्तामा एनआईबीएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । प्रतिशेयर अंकित मूल्य रू. १०० दरको १२ करोड ३० लाख शेयरको सार्वजनिक निष्कासनका लागि उक्त क्यापिटलाई प्रत्याभूतिकर्ता (अन्डरराइटर) नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।

आईपीओ निष्कासनको प्रत्याभूति सम्बन्धी सम्झौतापत्रमा सामलिङ पावर कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानु पोखरेल र एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । ऊर्जा डेभलपर्स प्रालिको ग्रूप कम्पनी सामलिङ पावर कम्पनी लिमिटेडद्वारा इलाममा माईबेनी जलविद्युत् आयोजना निर्माणाधीन छ । सन् २०२० को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोे यस आयोजनाबाट वार्षिक उत्पादन हुने ५३ दशमलव २८ गिगावाट ऊर्जा इलामको गोदकस्थित नेपाल विद्युत् प्राधिकरणको ३३/१३२ केभी सबस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ । यसअघि कम्पनीले आईपीओ निष्कासनको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेकोे छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्