ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घलेगाउँ घरवास खुले पनि आएनन् पर्यटक

२०७७ कार्तिक, ६  
गण्डकी प्रदेश
Image Not Found

लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरवास (होम स्टे) गत भदौ १ गतेदेखि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा यहाँ घरवास सुनसान भएको छ ।

विगतका वर्षका यस मौसममा दैनिक ४०० जनाको हाराहारीमा पर्यटक आउने गरे पनि यतिबेला कहिलेकाहीँ जिल्लाभित्रका दुईचार जना पर्यटक मात्र आउने गरेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले बताए । कोरोनाको त्रासका बीचमा समेत पर्यटक भिœयाउन उत्साहित भए पनि पर्यटक नआउँदा आर्थिक आम्दानीको स्रोत बनाएका घरवास सञ्चालक बढी मर्कामा पर्न थालेको घरवास सञ्चालक दीर्घराज घलेले बताए ।

घलेगाउँबाट लमजुङ हिमाल, अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), माछापुच्छ्रे हिमाल, मनास्लु हिमाल, हिमालचुली हिमाल, ङादीचुली (डा. हर्क हिमाल) र बुद्ध हिमाल देख्न सकिन्छ । यस्तै नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, घले राजाको पार्क, गुरुङ संग्रहाहलय हेर्न सकिन्छ । जिल्लाको सदरमुकाम बेँशीशहरबाट सो गाउँ पुग्न २३ किलोमिटरको दूरी पार गर्दै सवारीसाधनमा करीब ३ घण्टा र पैदल करीब ५ घण्टा समय लाग्छ ।

बेँशीशहर नगरपालिका–३ काउलेपानीमा रहेको घरवास भने दशैंपछि सञ्चालनमा आउने भएको छ । कोभिड–१९ को जोखिम कायम रहेकाले तत्काल घरवास सञ्चालन गर्न नसकिएको काउलेपानी पर्यटन व्यवस्थापन समितिका सचिव कवीन्द्र गुरुङले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्