ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निशान म्याग्नाइट एसयूभी सार्वजनिक

२०७७ कार्तिक, ६  
बजार
Image Not Found

काठमाडौं (अस) । निशान मोटर्सको बहुप्रतीक्षित बी–एसयूभी म्याग्नाइट अनलाइनमार्फत विश्वव्यापी रूपमा सार्वजनिक गरिएको छ । निशान नेपालको आधिकारिक विक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्याग्नाइट लञ्च गर्ने पूर्वतयारी शुरू गरेको छ । यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीमा स्पोर्टी लुक्ससहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ रूफ, ड्युअल टोन बडी पेन्ट, ड्युअल टोन रियर बम्पर जस्ता विशेषता छन् ।

निशान म्याग्नाइट १.० लिटर पेट्रोल इञ्जिनको दुईओटा भेरियन्टमा उपलब्ध हुनेछ । यीमध्ये एउटामा नेचुरली एस्पिरेटेड इञ्जिन र अर्काेमा टर्बाेचाज्र्ड इञ्जिन हुनेछ । यस कारमा ८ इञ्चफुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टीएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत फिचर पनि छन् । विविध अत्याधुनिक विशेषता रहेको निशान म्याग्नाइट आफ्नो सेगमेन्टको ‘गेमचेन्जर’ बन्ने अपेक्षा कम्पनीले गरेको छ  ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्