ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सडक सञ्जालसँग जोडिँदै हुम्ला

२०७७ कार्तिक, ६  
कर्णाली प्रदेश
NA

हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिका सडक सञ्जालमा जोडिएका छन् । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा सडक पुगेको थियो । यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा सवारीसाधन पुगेको छ । हुम्लाका सात गाउँपालिकामध्ये पाँच पालिकामा सडक पहुँच पुगेको छ भने भने सर्केगाड र चंलेखी गाउँपालिकामा पुग्न बाँकी छ ।

कर्णाली कोरिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भएलगत्तै अदानचुली –२, ३ र ४ मा गतवर्ष फागुनमा गाडी पुगेको थियो भने ताँजाकोट –४ र ५ मा आइतवार गाडी पुगेको हो । भौगोलिक रूपले विकट हुम्ला विस्तारै राष्ट्रिय सडक सञ्जालसँग जोडिन थालेको छ । बाजुरा हुँदै हुमलाको ताँजाकोट र अदानचुलीमा गाडी पुगेपछि यहाँका बासिन्दा उत्साहित भएका छन् ।     

कर्णाली कोरिडोरअन्तर्गत सडक निर्माण भएपछि पछिल्लो चरणमा यहाँका पालिका सडक सञ्जालले जोडिने क्रम बढ्दै छ । काठमाडौं, केरुङ, हिल्सा हुँदै नाम्खा भएर सदरमुकाम सिमकोटमा गतवर्ष खाद्यान्न लिएर ट्रक पुगेका थिए । माथिल्लो क्षेत्रका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा एकदेखि अर्काे पालिकासमम गाडी सञ्चालन हुँदै आएका छन् ।     

ताँजाकोट– ४ पुईमा खोला हुँदै ताजाकोट– ४ र ५ मा गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । गाउँमा गाडी पुगेसँगै उद्घाटन कार्यक्रमसमेत गरिएको ताँजाकोट–४ का प्रदीप बोगटीले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्