ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खैरहनीमा करदाता सेवा कार्यालय स्थापना

२०७७ कार्तिक, ६  
वाग्मती प्रदेश
Image Not Found

चितवन (अस) । आन्तरिक राजस्व कार्यालय, भरतपुरको मातहतमा रहनेगरी चितवनको खैरहनी नगरपालिकामा करदाता सेवा कार्यालय स्थापना गरिएको छ । नगरपालिकाको मगनीचोकमा रहेको कार्यालयको सेवा शुभारम्भ मंगलवार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले गरे ।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी भट्टराईले कर तिर्नु व्यवसायीको धर्म र दायित्व रहेको भन्दै कर डरले नभई रहरले तिर्नुपर्ने वातावरण बनाउन आग्रह गरे । कार्यालयले चितवनको रत्ननगर नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र खैरहनी नगरपालिकाका करदातालाई लक्षित गर्दै सेवा दिनेछ । यससँगै अब यस क्षेत्रका व्यवसायी करसम्बन्धी कामका लागि भरतपुर धाउनु नपर्ने भएको छ । कार्यालयका नवनियुक्त प्रमुख कपिल नेपालले व्यवसायीलाई करमैत्री वातावरण बनाउन सेवा कार्यालय स्थापना गरिएको बताए । पहिलेदेखि नै यस क्षेत्रका व्यवसायीले कार्यालयको माग गरेको र आवश्यकता समेत महसूस भएकाले स्थापना गरिएको उनको भनाइ छ । आगामी दिनमा कर सचेतना बढाएर करको दायरा फराकिलो बनाइने उनले बताए ।

आन्तरिक राजस्व कार्यालय, भरतपुरका प्रमुख सुवप्रसाद रिजालले करदातालाई सहज रूपमा सेवा दिन कार्यालय स्थापना गरिएको बताए । करदाताको सेवा एवं कर संकलन चुस्त र दुरुस्त राख्न यसले सघाउ पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्