ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भीमेश्वर नपाले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने

२०७७ कार्तिक, ६  
वाग्मती प्रदेश
Image Not Found

दोलखा (अस) । भीमेश्वर नगरपालिकाले नगरवासीको कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको छ । नगर कार्यपालिकाको मंगलवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

भीमेश्वर नगरपालिकामा स्थायी बसोवास गरिरहेका नागरिकलाई कोरोनाको लक्षण देखिएमा उनीहरूको निःशुल्क पीसीआर परीक्षण तथा आइसोलेसनमा राखेर उपचार गरिने भीमेश्वर नगर कार्यपालिकाको बैठकले निर्णय गरेको प्रवक्ता हरिवंश चौलागाईंले बताए । पीसीआर परीक्षण तथा उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै बेहोर्ने उनले जानकारी दिए ।
साथै सदरमुकाम चरीकोटमा रहेको चरीकोट अस्पताल पनि  भीमेश्वर नगरपालिकाकै व्यवस्थापनमा सञ्चालन हुने भएको छ । यस अघिसम्म न्याय हेल्थ नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएकोमा हालै यसबाट पन्छिएको थियो । उक्त अस्पताल कात्तिक १६ गतेदेखि चरीकोट अस्पतालको रूपमा नगरपालिकाकै पूर्ण व्यवस्थापनमा सञ्चालन गर्ने निर्णय नगर कार्यपालिकाको ५९ बैठकबाट भएको हो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्