ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सीएहरूबीच आयोजित निबन्ध प्रतियोगिताको पुरस्कार वितरण

२०७७ कार्तिक, ६  
विविध
NA

काठमाडौं (अस) । चार्टर्ड एकाउन्टेण्ट (सीए)हरूबीच बुद्ध जयन्तीको अवसरमा भएको निबन्ध प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ । लडकाउनकै बीच घोष्ट राइटिङ नेपाल, नेपाल चार्टर्ड एकाउन्ट संघ र हसिकुमार  फाउन्डेशनले सीएहरूबीच ‘बृहत् दिगो शान्ति स्थापनामा लेखा व्यवसायीको भूमिका’ विषयक निबन्ध प्रतियोगिता आयोजना संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा सहभागीमध्ये रूपा सिंघाची अग्रवाल प्रथम, तीर्थराज अर्याल द्वितीय, मदन अर्याल तृतीय र श्रीदेवी शर्मा चतुर्थ भएका छन् । पुरस्कृत सबैले किताब तथा नगद पुरस्कार पाउने आयोजक संस्था हसिकुमार फाउन्डेशनका अध्यक्ष हरिकुमार सिलवालले बताए । फाउन्डेशनबाट प्रदान गरिने रकममा त्यति थपेर पुन चार्टर्ड एकाउन्ट संघले पुरस्कार दिने संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले जानकारी दिए । कार्यक्रममा प्रथमले अब २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र चतुर्थले ५ हजार रुपैयाँ बराबरको पुरस्कार पाउने भएका छन् ।

कार्यक्रममा निर्णायक मण्डलका तर्फबाट भीष्म उप्रेतीले प्रथम र द्वितीयको घोषणा र शुभकामना दिएका थिए भने तृतीय र चतुर्थ निर्णायक मण्डलकै डा. गीता त्रिपाठीले घोषणा गरेकी थिइन् । आयोजक संस्थाका तर्फबाट घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले कार्यक्रम प्रत्येक वर्ष हुने र प्रतियोगी सबैको पुस्तक निकालिने बताएका थिए ।
प्रतियोगितामा सहभागी सबैलाई निबन्धको एकहप्ते सृजनात्मक लेखन प्रशिक्षण दिइने पनि बताइएको छ । वेबिनार मार्फत भएको कार्यक्रमको सञ्चालन सीए सञ्जिता नेपालले गरेकी थिइन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्