ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

६.२९ अंक बढ्यो नेप्से परिसूचक, ८४ करोडको कारोबार (१ बजेको अपडेट)

२०७७ कार्तिक, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से कारोवार भएको दोस्रो घण्टामा ६ दशमलव २९अंक बढेर १ हजार ६०४ विन्दुमा पुगेको छ । 

उक्त अवधिसम्मको कारोवार अवधिमा १७८ ओटा कम्पनीको १६ हजार ५२७ पटकको कारोवारमा २७ लाख २५हजार ७६६ कित्ता शेयरको रू. ८४ करोड ९०लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  

बिहीवारको बजारमा दोस्रो घण्टासम्म कारोबारमा आएका १२ ओटा समुहमध्ये ‘अन्य’, लघुवित्त, जीवनबीमा र म्युचुअल फन्ड समुहको परिसूचक घटेको छ भने बाँकी सबै समुहको परिसूचक बढेको छ ।

उक्त अवधिसम्म व्यापार समुहको परिसूचक सर्वाधिक १ दशमलव शून्य  ९ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड समुहको परिसूचक शून्य दशमलव ३६ प्रतिशत घटेको छ । 

सोही अवधिसम्म कुमारी बैंकको सर्वाधिक बढी रू. ९ करोड ४० लाख बराबरको शेयर कारोवार भएको छ । उक्त कम्पनीले शेयरधनीहरुलाई आव २०७६/ ७७ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कारोवारको सोही अवधिसम्ममा जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ ।कम्पनीको प्रतिकित्ता शेयर रू. ५८९ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्