ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समृद्धि फाइनान्सको २०० % हकप्रद भर्ने बिहीवार अन्तिम दिन 

२०७७ कार्तिक, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ६, काठमाडौं । असोज १६ गतेदेखि विक्री खुला भएको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर भर्ने बिहीवार अन्तिम दिन रहेको छ । 

कम्पनीले भदौ ११ गतेसम्म कायम शेयरधनीहरुका लागि १ बराबर २ को अनुपातमा रू. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गरेको हो । 

यो हकप्रद विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भदौ २ गते अनुमति पाएको थियो । हकप्रद प्रयोजनका लागि भदौ १२ गते बुक क्लोज गरेको कम्पनीको हकप्रद विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४० हजार पुग्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्