ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

८.३१ अंक बढ्यो नेप्से परिसूचक (२ बजेको अपडेट)

२०७७ कार्तिक, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ६, काठमाडौं  । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से कारोवार भएको तेस्रो घण्टामा ८ दशमलव ३१ अंक बढेर १ हजार ६०६ दशमलव ३१ विन्दुमा पुगेको छ ।

उक्त अवधिसम्मको कारोवार अवधिमा १८४ ओटा कम्पनीको २२ हजार २४४ पटकको कारोबारमा ४३ लाख ३० हजार ९०९ कित्ता शेयरको रू. १ अर्ब ३५ करोड भन्दा बढीको शेयर खरीदविक्री भएको छ । यस्तै सेन्सेटिभ इन्डेक्स १ दशमलव ९० अंक बढेर ३१८ दशमलव ५५ विन्दुमा पुगेको छ । 

बिहीवारको बजारमा तेस्रो घण्टासम्म कारोबारमा आएका १२ ओटा समुहमध्ये ५ ओटा समुहको परिसूचक घटेको छ भने बाँकी ७ ओटा समुहको परिसूचक बढेको छ । घट्नेहरुमा होटल, जलविद्युत्, ‘अन्य’, जीवन बीमा र म्युचुअल फन्ड समुह रहेको छ । 

उक्त अवधिसम्म बैंकिङ र वित्त समुहको परिसूचक सर्वाधिक १ दशमलव शून्य २ प्रतिशतले बढेको छ । उक्त अवधिसम्म आव २०७६/ ७७ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको कुमारी बैंकको सर्वाधिक बढी रू. ११ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको छ ।

कारोवारको सोही अवधिसम्ममा जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको प्रतिकित्ता शेयर रू. ५८९ मा कारोबार भइरहेको छ भने नेपाल फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. १८ दशमलव ६७ ले बढेर रू. २०८ मा कारोबार भइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्