ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल बङ्गलादेश बैंकद्वारा मुस्कान सेवा नेपाललाई ३ लाख हस्तान्तरण 

२०७७ कार्तिक, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ६, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीवार भक्तपुरको सिपाडोल–८ स्थित मुस्कान सेवा नेपाल नामक अनाथालयलाई रू. ३ लाख हस्तान्तरण गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा  आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी सुरेन्द्र भुषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहले मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरुङ्गलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
 

गएको दुई वर्षमा धेरै पटक डेरा सर्न परेकोले सूर्यविनायक–८ स्थित सिपाडोलमा उक्त संस्थाले आफ्नै भवन निमार्ण गरिरहेको छ । सोही भवन निमार्णका लागि नै उक्त रकम प्रदान गरिएको कम्पनीले बताएको छ ।

सो अनाथालयमा हाल पाँच जना छात्र तथा सात जना छात्राहरु आश्रित छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्