ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्से १६०० विन्दुभन्दा माथि, १ अर्ब ९९ करोडभन्दा बढीको शेयर खरीदविक्री 

२०७७ कार्तिक, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको छ ।अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ५४ अंक बढेर १६०० भन्दा माथि पुगेको हो ।

बिहीवारको कारोबार दिनमा १८७ ओटा कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता शेयर ३०हजार ३२८ पटकमा रू. १ अर्ब ९९करोड ४५ लाख ४३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।  

१८७ ओटा कम्पनीमध्ये ७४ ओटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ ओटा कम्पनीको घटेको  छ । यसैगरी उक्त कारोबार दिनमा २० ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

पछिल्लो समय बाणिज्य बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव गर्न लागेसँगै शेयर बजार बढ्दै गएको छ । केहि दिन बजार करेक्शन भएसँगै लगानीकर्ताहरु पुनः शेयर खरीद गर्न आकर्षित भएको देख्न सकिन्छ । 
अल्पकालिन लगानीकर्ताले प्रोफिट बुक गरेर पुनः शेयर खरीद गर्न थालेसँगै बजार बढेको हो । नेप्सेले पुनः १६०० को मनोबैज्ञानिक विन्दुमा पार गरेको छ । यति बेला बैंकहरुले ब्याजदर घटाउँदै गएको  र निक्षेपमा पनि ब्याजदर न्यून पाइने भएकाले पनि शेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो  ।  

बिहीवार सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ । बिहीवारको कारोबारमा उक्त कम्पनीको रू.१४ करोड १५ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै शेयर खरीदविक्री धेरै भएको हो । 

बिहीवार पनि जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयर ९ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको शेयर कारोबार शुरु भएकै दिनदेखि शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि हुँदै आएको छ ।

बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५८९ पुगेको छ ।  उक्त कम्पनीको ८१ हजार ६२६ कित्ता शेयर खरीदविक्री भएको छ । सबैभन्दा बढी माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ३ दशमलव ६१ प्रतिशत घटेको छ ।

कारोबारमा आएको १२ ओटा समुहमध्ये होटल समुहको परिसुचक, जलविद्युत् समुह, जीवन बीमा कम्पनीको समुह र म्युचुअल फण्डको परिसूचक घटेको छ भने बाँकी समुहको परिसूचक बढेका छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्