ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कार्गो महँगो हुँदा निर्यातकर्ता मारमा

२०७७ कार्तिक, ७  
पाठक विचार
NA

नेपाली उत्पादन विदेश पठाउन निर्यातकर्ताहरूले महँगो भाडा तिर्नुपरेको छ । यसबाट मुनाफा ज्यादै कम हुने भएकाले व्यवसायीहरू निराश बनेका छन् । बन्दाबन्दी हुँदा पनि निर्यात व्यवसायमा संलग्न उद्यमी व्यवसायीले सानो परिमाणमा भए पनि नेपाली वस्तुहरू निकासी गर्दै आएका छन् । तर, हवाई कम्पनीहरूले हवाई कार्गो भाडादर बढाउँदा समस्या भएको छ । हवाई कम्पनीहरूले पहिलाको भन्दा २÷३ गुनाभन्दा बढी हवाई कार्गो भाडा लिने गरेका छन् । हवाई कार्गो भाडादर महँगो भएपछि नेपाली वस्तु निर्यातकर्ता तथा आयातकर्ता व्यवसायीहरूसमेत प्रभावित भएका छन् । पहिला एक किलोको ४ डलर शुल्क लाग्दै आएकोमा अहिले ८ देखि ९ डलरसम्म भाडा लाग्ने गरेको छ । भाडाका कारण सामान महँगा भएपछि नेपाली वस्तु आफूहरूले किन्न नसक्ने र किन्दा आन्तरिक बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने भनेर विदेशीले चेतावनी दिएपछि निर्यातकर्ताहरू समस्यामा परेका छन् ।

चार्टरमार्फत सामान लिन विदेशबाट जहाज बोलाउँदा पनि अनुमति पाउन गाह्रो भएको र यसका लागि कर्मचारीलाई घूस खुवाउन परेको समेत व्यवसायीको गुनासो छ । भाडा बढ्नुमा बिचौलियाहरू कारण रहेको बताइन्छ । विदेशी एयरलाइन्समात्रै होइन नेपाल वायु सेवा निगमले समेत बढी भाडा लिएको व्यवसायीको गुनासो छ । जति धेरै बिचौलिया भयो त्यति नै धेरै ढुवानी शुल्क महँगो पर्ने जाने तथा नेपाली सामान महँगो हुने व्यवसायीको भनाइ छ । नेपाली उत्पादनको मूल्य बढेपछि विदेशीले माग नगरिदिने समस्या आउन लागेको छ ।

दिनेश श्रेष्ठ
नयाँबजार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्