ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राहत कोष कहिले ?

२०७७ कार्तिक, ७  
पाठक विचार
NA

कोरोनाबाट प्रभावित प्रभावित उद्योग व्यवसायलाई सस्तो ब्याजमा ऋण दिन ५० अर्बको राहत कोष स्थापना गर्ने घोषणा भएको ५ महीना बित्दा पनि व्यवसायीले यस्तो कर्जा पाउने छाँटकाँट देखिएको छैन । कोष स्थापना त परै जाओस्, कसरी सञ्चालन गर्ने भन्नेबारे कार्यविधिसमेत बन्न नसकेको देखिन्छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई ५ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराउने भनेर चालू आर्थिक वर्षको बजेटमार्पmत यो राहत कोषको घोषणा गरेका थिए । मौद्रिक नीतिमा समेत यसबारे उल्लेख गरिएको थियो । अहिलेसम्म राहत कोष नबन्दा यसको औचित्य के हो भन्ने अन्योल पैदा भएको छ ।

राहत कोषमा अर्थ मन्त्रालय तथा सम्बद्ध निकायबाट आउनुपर्ने रकम कोषमा आएको छैन । कोरोनाबाट प्रभावित व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष खडा गर्ने भनिएको थियो ।

कोष सञ्चालनको कार्यविधि अभैm स्वीकृत भएको छैन । कोषमा नेपाल सरकार, सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्था तथा दातृ निकायबाट प्राप्त हुने रकम रहने भनिए तापनि कार्यविधि नै स्वीकृत नहुँदा अन्योल थपिएको छ । बजेट वक्तव्य र मौद्रिक नीतिमा नै उल्लेख भएको कुरा कार्यान्वयनमा ढिलाइ हुँदा व्यवसायीहरू निराश बन्न थालेका छन् ।

समस्यामा परेका स्कूल, कलेज, साना तथा मझौला व्यवसाय, पर्यटन तथा अन्य सेवा मुलक क्षेत्रले राहत कोषबाट पैसा पाउने हो भने यी संस्थानमा काम गर्नेहरूले तलब पाउने र त्यसले अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा छ । राहत कोष कार्यन्वयनमा आउँदा करीब अढाई लाखको संख्यामा रहेका निजीक्षेत्रका विद्यालयमा पढाउने शिक्षकहरू, विभिन्न उद्योग तथा व्यवसायमा काम गर्ने ३ लाखभन्दा बढी कर्मचारी तथा मजदूरहरू, साना तथा मझौला उद्योग व्यवसाय सञ्चालन गरिरहेका स्वरोजगारहरूले तलबभत्ता पाउने भएकाले यसले अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने देखिन्छ ।

हालै मात्र अर्थमन्त्रीमा विष्णु पौडेलले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनलाई पनि राहत कोष कार्यन्वयन गर्ने विषयलाई प्राथमिकतामा दिनुपर्ने देखिन्छ ।

विनोद अधिकारी
सामाखुशी, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्