ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आन्तरिक पर्यटनको समय

२०७७ कार्तिक, ७  
पाठक विचार
NA

कोरोनाका कारण नेपालीहरू विदेश जान पाएका छैनन् । पर्यटन व्यवसाय ठप्प हुँदा यसबाट प्राप्त हुने आय घटेको छ तर नेपालीहरू विदेश जाँदा हुने खर्च पनि जोगिएको छ । कोरोना महामारीअघिको समयमा पर्यटन सेवामा पनि आयभन्दा व्यय बढी थियो । अहिले आय पनि छैन र व्यय पनि छैन । यस्तोमा नेपालीहरूलाई आन्तरिक पर्यटनमा सक्रिय पार्न सके मुलुकका पर्यटन क्षेत्रले राहत पाउने देखिन्छ ।

नेपाली ट्राभल एन्ड टुर एजेन्सीहरूले यो वर्ष आउबाउन्ड टुर प्याकेज ल्याएका छैनन् । गत वर्षहरूमा दशैंमा विदेश घुम्नका लागि टुर प्याकेज ल्याउने गरिएको भए पनि यस वर्ष भने त्यस्तो प्याकेज ल्याइएको छैन । मानिसहरू एक ठाउँमा थुनिएर बस्न सक्दैनन् । कहीँ न कहीँ घुम्न जाने स्वभाव हुन्छ । कोरोनाको त्रासले मानिसहरू घरमा बसेको धेरै भइसक्यो । उनीहरू उकुसमुकुस भएर अहिले घुम्न जाने सोचमा छन् । यस्तोमा सुरक्षाका मापदण्ड अपनाएर आन्तरिक पर्यटनलाई गति दिने हो भने राम्रै व्यवसाय चल्ने देखिन्छ ।

नेपालबाट पर्यटक बनेर विदेश घुम्न जाने (आउटबाउन्ड) टुरका नेपालीको संख्या बढ्दै जान थालेसँगै व्यवसायीले पनि आकर्षक प्याकेज सार्वजनिक गर्न थालेका थिए । विगत ५÷६ वर्षदेखि विदेश घुम्न जाने नेपाली संस्कृति हरेक वर्ष बढिरहेको छ । तर, यो वर्ष भने मानिसहरूले आन्तरिक र विदेश दुवै भ्रमणमा जान पाएका छैनन् ।

नेपालबाट विदेशमा घुम्न जानु भनेको नेपालीले वर्षौंदेखि कमाएर बचाएको रकममा रमाइलो गर्ने घुमघाम नै भएको व्यवसायीहरू बताउँछन् । विदेश जान नपाएपछि यसपालि भने स्वदेशी पर्यटकीय स्थल भ्रमण प्राथमिकतामा पर्ने देखिन्छ । तर, यसका लागि पर्यटन व्यवसायीले नयाँ नयाँ खालका प्याकेज ल्याउन सकेका छैनन् । हो केही प्याकेज आएका छन् तर तिनमा नवीनता छैन । पर्यटन व्यवसाय जोगाउने हो भने नेपालीहरूलाई लक्षित गरेर भ्रमण प्याकेज ल्याउनु आवश्यक छ ।

रामहरि कार्की
मण्डिखाटार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्