ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटिजन्सको ‘डिजिटल दक्षिणा दिऊँ, क्यासब्याक लिऊँ’ योजना

२०७७ कार्तिक, ७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ‘डिजिट दक्षिणा दिऊँ, क्यासब्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकले मोबाइल बैंकिङमार्फत दशैंमा दक्षिणा पठाउँदा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्नेछन् । बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले विजया दशमीदेखि द्वादशीसम्म तीनपटक गरी रू. ५०० भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी दक्षिणा पठाउँदा विवरणमा भने ‘दक्षिणा’ भनी खुलाउनपर्ने बताइएको छ ।

दशैंलाई लक्षित गरी ल्याइएको उक्त योजनाबाट डिजिटल बैंकिङ सभ्यताको विकास हुने र कोभिड नियन्त्रणविरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्