ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टेन्सबर्ग बियरको आधा शेयर विक्रीबारे समझदारी

२०७७ कार्तिक, ७  
बजार
NA

काठमाडौं (अस) । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले टाइगर्स टेन्सबर्ग बियरको उत्पादन गर्ने टाइगर्स ब्रुअरी उद्योगको आधा शेयर लिने तयारी गरेका छन् । उद्योगी तेजेन्द्र खड्काको स्वामित्वमा रहेको उक्त उद्योगको ५० प्रतिशत शेयर प्रसार्इंले किन्ने दुई उद्योगीबीच प्रारम्भिक समझदारी भएको छ ।

करीब साढे २ करोड भ्यालुएसन रहेको उक्त कम्पनीको शेयर बेच्ने तयारी खड्काले गरेपछि प्रसाईं सो उद्योगमा लगानी गर्न इच्छुक देखिएका थिए । दुई उद्योगीबीच सहमति भएर बैना समेत भइसकेको डिलमा सहभागी स्रोतले जानकारी दिएको छ ।

यद्यपि शेयर किनबेचको समझदारी भए पनि कानूनी प्रक्रिया अघि बढाउन बाँकी रहेको खड्काले अभियानलाई बताएका छन् । ‘समझदारी भैसकेकाले कानूनी प्रक्रिया अघि बढाउन कठिनाइ छैन्,’ उनले अभियानसँगको कुराकानीमा भनेका छन् । स्रोतका अनुसार प्रसाईंले उक्त उद्योगमा बैंकबाट ऋण लिएर लगानी गर्ने तयारी गरेको बताइएको छ । रूपन्देहीस्थित टाइगर्स ब्रुअरी उद्योग प्रसिद्ध मदिरा उद्योग हो । यसको उत्पादन नेपालमा मात्र नभएर भारतीय बजारमा पनि लोकप्रिय रहेको छ । ८ वर्षअघि स्थापित उक्त उद्योगले टाइगर र कस्टार बियर उत्पादन गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्