ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शीर्ष पाँच अटोमोटिभ ब्रान्डमा ह्यन्दे मोटर

२०७७ कार्तिक, ७  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । दक्षिण कोरियाली मोटर कम्पनी ह्यन्दे विश्वका उत्कृष्ट अटोमोटिभ ब्रान्डमा परेको छ ।  इन्टरब्रान्डको बेस्ट ग्लोबल ब्रान्ड्ज २०२० ले यस्तो देखाएको हो ।

सूचीअनुसार यस वर्ष ह्यन्दे १४ अर्ब ३० करोड डलर मूल्यसहित अटो निर्माताहरुको सूचीमा पाँचौं स्थानमा रहेको छ । गत वर्षको तुलनामा कम्पनीको ब्रान्ड मूल्य १ प्रतिशतले बढेको छ ।

कोरोना महामारीका कारण बजारमा आर्थिक मन्दी चलिरहे पनि समग्र ब्रान्ड मूल्यांकमा पनि ह्यन्दे ३६ औं स्थानमा रहेको छ । ५ वर्षयता ह्यन्दे इन्टरब्रान्डको शीर्ष ४० बहुराष्ट्रिय कम्पनीभित्र रहँदै आएको छ । सन् २००५ मा यो शीर्ष सय ब्रान्डभित्र परेयता लगातार १५ वर्षसम्म यो शीर्ष सयमा रहँदै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्