ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही

२०७७ कार्तिक, ७  
वाग्मती प्रदेश
NA

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालू आर्थिक वर्षको तीन महीना अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नवीकरण नगराउने, अनुमतिपत्र नलिई नापतौल यन्त्र प्रयोग गर्दै आएका ती फर्मलाई कारबाही गरिएको जानकारी दिए ।

३ महीना अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो, जसमा १५१ किराना पसल, ३२ होलसेल विक्रेता, ६० उद्योग, ५३ फलपूmल तथा तरकारी पसल, ३८ माछा/मासु पसल, १९ ग्यास सिलिण्डर उद्योग, ९० पेट्रोल पम्प, १४५ सुनचाँदी पसल र १०३ अन्य फर्म छन् ।

अनुगमनका क्रममा नापतौल यन्त्र विक्रीस्थलमा नराखेको, नापतौलसम्बन्धी कागजात पेश नगरेको, नापतौल यन्त्रको समयमा नवीकरण नगरेको लगायत कैफियत भेटिएको थियो । महानिर्देशक पुडासैनीले पाँचओटा फर्मलाई जिल्ला अदालतमा अभियोग दायर गरिएको बताए । अभियोग दायर गरिएकामा गोरखकाली ग्यास सेन्टर ढुंगेधारा, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर मानभवन, एपोलो फिड्स चितवन र जगदम्बा इन्टरप्राइजेज पर्सा छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्