ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा बैंकको १६ औं वार्षिक साधारण सभा कात्तिक २८ गते, लाभांश पारित गर्ने विशेष प्रस्ताव

२०७७ कार्तिक, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । सानिमा बैंकले आगामी कात्तिक २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । 

कोरोना महामारीका कारण सभामा सहभागी हुने शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागी गराइने कम्पनीले बताएको छ ।

सभाले  आर्थिक वर्ष २०७६/ ७७ को नाफाबाट प्रस्तावित १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ३ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

साथै सभाले मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । साधारण सभा प्रयोजनको लागि कम्पनीलेले कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ८० करोड १३ लाख  रहेको छ । १० प्रतिशत बोनस शेयर वितरणपछि पूँजी रू. ९ अर्ब ६८ करोड १५ लाख पुग्नेछ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्