ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रदेश नं १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना संक्रमण        

२०७७ कार्तिक, ७  
प्रदेश ०१
Image Not Found

कात्तिक ७, मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना संक्रमण भएको छ ।

मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीवार स्वाब परीक्षण गरेकोमा शुक्रवार कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए ।
मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएका थिए । उनी अहिले विराटनगरस्थित निवासमा आईसोलेशनमा बसेका छन् । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ ।

उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका  छन् । यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइसोलेशनमा बसेका  छन् । उनको स्वास्थ्यावस्था पनि सामान्य छ ।     
रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्