ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

व्यास नगरपालिकाले आम्दानी गर्‍यो आन्तरिकतर्फ  ४ करोडभन्दा बढी     

२०७७ कार्तिक, ८  
गण्डकी प्रदेश
Image Not Found

 कात्तिक ८, दमौली । तनहुँको व्यास नगरपालिकाले तीन महीनाको अवधिमा रू. ४ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ ।     
     
 चालू आर्थिक वर्षको असोज मसान्तसम्म नगरपालिकातर्फ रू. ३ करोड १६ लाख ८६ हजार र जग्गा रजिष्ट्रेशन दस्तुरबापत रू. ८५ लाख आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको थियो ।

कोभिड–१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्यभन्दा रू. ६ करोड कम राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षमा रू.१६ करोड ६ लाख ९६ हजार राजस्व संकलनको लक्ष्य थियो ।  नगरपालिकाले चालू आर्थिक वर्षका लागि रू. १६ करोडको आन्तरिक आम्दानीको लक्ष्य लिएको थियो ।

आन्तरिक राजस्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट रू. ९ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाई, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्यांकन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट रू.१ करोड ७८ लाख ७२ हजार आम्दानी गर्ने लक्ष्य  छ ।

यसैगरी दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्सा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रू.२ करोड ६४ लाख ६० हजार, दण्ड जरीवानाबाट रू.२ लाख, घरभाडा, मेशनरी उपकरण भाडा, लिलाम विक्री, परीक्षा, विविध फारम तथा अन्यबाट रू.२ करोड २७ लाख ८० हजार आम्दानी गर्ने लक्ष्य लिएको छ ।  रासस 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्