ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ८४७ पुग्यो

२०७७ कार्तिक, ९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ९, काठमाडौं । नेपालमा आइतवार थप २ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ जना पुगेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ८४७ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ३ हजार ६४ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ४५ हजार ५७२ जना रहेका छन् । त्यस्तै हालसम्म १३ लाख ९३ हजार १७३ ओटा पीसीआर परीक्षण भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार काठमाडौं जिल्लामा १ हजार २२५ जना, भक्तपुर जिल्लामा १६३ जना र ललितपुर जिल्लामा १४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।

सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले आइतवार प्रेस  विज्ञप्ति जारी गर्दै उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्न सबै अस्पताललाई भनेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्