ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना महामारी :  विश्वमा संक्रमितको संख्या ४ करोड २९ लाख नाघ्यो    

२०७७ कार्तिक, ९  
अन्तरराष्ट्रिय
Image Not Found
कोरोना संक्रमितहरुको उपचारमा संलग्न नर्सको फाइल फोटो

कात्तिक ९, वासिङटन् । विश्वमा कोरोना भाइरस संक्रमिको संख्या ४ करोड २९ लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्व विद्याललयका अनुसार विश्वभरी ४ करोड २९ लाख ४६ हजार ४४६ जना कोभिड १९ संक्रमित भएका छन् । उक्त संक्रमणको कारण विश्वभरी ११ लाख ५४ हजार ८६२ जना व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले बताएको छ ।
     
यसैबीच विश्वभरी रहेका कुल संक्रमितमध्ये ३ करोड १६ लाख ७३ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । कोरोना भाइरसको कारण सवभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८८ लाख २७ हजार भन्दा बढी व्यक्ति संक्रमित रहेका छन् ।     
     
 कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका रहेको छ । कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३०० हजार ६८ जनाको मृत्यु भएको छ । अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका संक्रमितहरु थपिने क्रम जारी रहेको छ ।
     
कोरोना भाइरस संक्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७८ लाख ६४ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित रहेका छन् भने ब्रांजिलमा करीब ५३ लाख ८१ हजार व्यक्ति कोरोना संक्रमित रहेका विश्वविद्यालयले बताएको छ । रुस चौथो स्थानमा रहेको छ । त्यहाँ १४ लाख ९७ हजार १६७ जना संक्रमित रहेका छन् ।     
     
विश्वको तुलनामा संक्रणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ७० लाख ७८ हजार व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड– १९ लाई ‘विश्व महामारी’ घोषणा गरेको थियो । रासस/ एएनआई
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्