ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

यती एअरलाइन्सले ल्यायो जोडीलाई बडादसैं  अफर    

२०७७ कार्तिक, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ९, काठमाडौं । यती एयरलाइन्सले बडादसैंको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ ।     

एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको छ भने ‘लक्की ड्र’ मार्फत् पहिलो हुने विजेताका एक जोडीलाई हिमालयन एयरलाइन्सको काठमाडौं—अबुधावी–काठमाडौंको दुईतर्फी फ्रि टिकट प्राप्त हुनेछ ।     

दोस्रो विजेताका एक जोडीका लागि चितवनको कसरा होटलमा, तेस्रो विजेता एक जोडीका लागि काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चौथो विजेता एक जोडीका लागि नोम्याड होटलमा एकरात निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको छ ।     

आफ्नो २२ औं वार्षिक उत्सव मनाउने क्रममा एयरलाइन्सले विभिन्न आकर्षक अफरहरु घोषणा गर्दे आएको एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्