ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विजया दशमी : टीका लगाउने शुभ साइत १० : १९ बजेबाट

२०७७ कार्तिक, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १०, काठमाडौं । यो वर्ष वडादसैंको मुख्यदिन विजया दशमीको टीका लगाउने शुभ साइत सोमवार बिहान १० बजेर १९ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले बताएको छ । यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी वडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

गुरु पुरोहित, हजुरबुवा, हजुरआमा, बुवा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।   विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ ।  

 यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिइन्छ :    

 आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।     
 ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।     
 शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।     
 विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।     

महिलालाई भने दुर्गादेवीको स्वरुप मानेर आशीर्वाद दिइन्छ :      

 जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।     
 दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।     
 

यो साल देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले बताएको छ । यो साल घटस्थापनाको दिन चित्रा नक्षत्र परेको हुँदा टीकामा त्यसको असर परेको पञ्चाङ्ग निर्णायक समितिले बताएको छ ।अघिल्ला वर्षहरूमा देवी विसर्जन गरेपछि ३० देखि ४५ मिनेटपछि मात्रै टीकाको साइत जुराउने गरिएको थियो ।

समितिले विजयादशमीको दिन तुलजा भवानीको यात्रा बिहान ८ बजेर ४७ मिनेटको लागि तोकिएको छ भने देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटको लागि तोकेको छ । यो वर्ष कोरोना महामारीका कारण पालैपालो भिडभाड नगरी कन सामाजिक दुरी कायम गर्दै सुरक्षित भएर टीका लगाउन तथा भरसक डिजिटल दक्षिणाको आदानप्रदान गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्