ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चालू आवको पहिलो त्रैमासमा ८३ % नाफा कमाएको सामुदायिक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण 

२०७७ कार्तिक, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासमा गत वर्षभन्दा ८३ प्रतिशत कम नाफा गरेको छ ।  गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ६६ लाख ३ हजार नाफा गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ११ लाख २० हजारमा सीमित भएको हो । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याएकाले नाफा घटेको देखिन्छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २ करोड २६ लाख छुट्याएको छ । कम्पनीले यो रकम गत आवको पहिलो त्रैमासमा रू. ९ लाख ५८ हजार छुट्याएको थियो ।

चुक्तापूँजी रू. १३ करोड २० लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ५ करोड ७२ लाख सञ्चित गरेको छ । यो वर्ष रू.४५ करोड ३ लाख निक्षेप संकलन गरेको कम्पनीले रू. १ अर्ब १७ करोड कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी रू. ३ दशमलव ४० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ३३ रहेको छ । कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ८५ प्रतिशत रहेको छ ।

प्राविधिक विश्लेषण :
 

निष्कर्ष :
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र छोटो पुच्छर भएको सेतो मैनबत्ति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ३६ दशमलव शून्य ९ विन्दुमा छ ।

यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव ८९ विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

 त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । गत बिहीवारको शेयरमूल्य रू. ७६१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ७५५मा टेवा पाउने र मूल्य महँगिएमा रू. ७९८ मा प्रतिरोध पाउने देखिन्छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्