ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गण्डकीमा चार जनाको मृत्यु, २५२ जना थपिए कोरोना संक्रमित  

२०७७ कार्तिक, १०  
गण्डकी प्रदेश
Image Not Found

 कात्तिक १०, गण्डकी । गण्डकी प्रदेशमा सोमवार थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।     
     
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ७११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
     
संक्रणबाट थप चार जनाको मृत्यु     
     
निर्देशनालयका अनुसार यो प्रदेशमा कोरोना संक्रमणबाट आइतवार थप चार जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको आइतवार बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार निधन भएको निर्देशनालयले बताएको छ ।     
     
 त्यस्तै कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको आइतवार राति ११ः०० बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको आइवार राति ९ः१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले बताएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्