ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अल्पाइन क्लबको म्यानेजमेन्ट कमिटीमा गुरुङ निर्वाचित 

२०७७ कार्तिक, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १०, काठमाडौं । विश्वकै पर्वतारोहण संघ/ महासंघ तथा अल्पाइन क्लबहरूको साझा संस्था इन्टरनेशनल यूनियन अफ अल्पाइन क्लब (यूआईएए) को म्यानेजमेन्ट कमिटीको सदस्यमा नेपाल पर्वतारोहण संघ (एनएमए) का महासविच कुलबहादुर गुरुङ निर्वाचित भएका छन् । 

यूआईएएको भर्चुअल साधारण सभाबाट उनी नेपाल पर्वतारोहण संघको तर्फबाट निर्वाचित भएको (एनएमए) ले बताएको छ । उक्त संस्थामा १४२ ओटा देशका अल्पाइन क्लबहरुहरू आवद्ध छन् । महासचिव गुरुङ नेपालबाट निर्वाचित हुने दोस्रो नेपाली हुन् । चार वर्षे कार्यकालका लागि निर्वाचित भएका महासचिव गुरुङले पर्वतारोहण क्षेत्रमा आफ्नो सक्रिय योगदान रहने प्रतिक्रिया दिए । 

विश्वकै पर्वतीय पर्यटनमा उत्कृष्ट गन्तब्य मानिने नेपालबाट यूआईएएको म्यानेजमेन्ट कमिटी सदस्यमा निर्वाचित हुनु आफैमा महत्वपूर्ण रहेको भन्दै उनले आफुले यहाँबाट नेपालको पर्यतीय पर्यटनको विकासमा भूमिका खेल्ने बताए ।

‘यो विश्वमै हिमाल भएका देशहरुको साझा संस्था हो । नेपालजस्तो हिमाल भएको देश र अल्पाइन क्लबको सदस्य राष्ट्रयको नाताले नेपालको पर्यतीय पर्यटनका विकासका लागि मरो क्रियाशिलता रहनेछ’, उनले भने ।  

सन् १९३२ मा फ्रान्समा स्थापना भएको यूआईएएको को मुख्य कार्यालय स्वीट्जरल्याण्डको बर्नमा रहेको छ ।

पर्यटन क्षेत्रमा सक्रिय गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) को संस्थापक अध्यक्ष, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानका पूर्व उपाध्यक्ष, गणेश हिमाल पर्यटन विकास समितिको निवर्तमान अध्यक्ष लगायत थुप्रै पर्यटन संघसंस्थाहरुमा सक्रिय छन् । संस्थाको अध्यक्षमा क्यानडाका पीटर मुर निर्वाचित भएका छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्