ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुग्यो

२०७७ कार्तिक, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १०, काठमाडौं । नेपालमा सोमवार थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमवारसम्म सक्रिय संक्रमितको संख्या ४३ हजार २९३ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८३० जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख १५ हजार ६७५ जना पुगेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ८६२ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ९६९ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ४३ हजार २९३ जना रहेका छन् । त्यस्तै हालसम्म १३ लाख ९८ हजार १७९ ओटा पीसीआर परीक्षण भइसकेको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं उपत्यकामा पुरुष ५१५ जना र महिला ३८० जनासमेत गरी ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

काठमाडौं जिल्लाका ६७३ जना, ललितपुर जिल्लाका १४६ जना र भक्तपुर जिल्लाका ७६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्