ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तीन महीनापछि  भारतमा देखिए सबैभन्दा थोरै संक्रमित        

२०७७ कार्तिक, ११  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक ११, नयाँदिल्ली( भारत) । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या पछिल्लो तीन महीनामा मंगलवार सबैभन्दा थोरै देखिएका छन् ।     
     
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महीनाभित्रमा मंगलवार ४० हजारभन्दा थोरै संक्रमित भेटिएका हुन् ।  केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४७० जना संक्रमित भएको बताएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ ।     
     
त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म १ लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ । तीमध्ये ४८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।     
     
कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको संख्या भारतमा ७२ लाख १ हजार ७० रहेको अधिकारीहरुले बताएका छन् । सरकारी निकायले भारतमा कोरोना भाइरसबाट मुक्त भएकाको अनुपात ९० दशमलव ६२ प्रतिशत रहेको पनि जानकारी दिएका छन् । त्यसैगरी कोरोना भाइरसबाट संक्रमित भएकाहरुमध्ये १ दशमलव ५० प्रतिशत मानिसको मात्रै मृत्यु भएको पनि मन्त्रालयले बताएको छ ।     
     
भारतमा कोरोना भाइरसबाट अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको संख्या पनि घटेर ७ लाखभन्दा कम भएको छ । अधिकारीहरुका अनुसार कुल ६ लाख २५ हजार ८५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । भारतमा केही हप्ता अगाडिसम्म कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढ्दै गएकोमा पछिल्लो केही हप्ता अगाडिदेखि दैनिकरुपमा घट्दै गएको छ । रासस/ पीटीआई
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्