ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुग्यो

२०७७ कार्तिक, ११  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ११, काठमाडौं । नेपालमा मंगलवार थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलवारसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख १८ हजार ८४३ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा  ३ हजार १६८ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ८७६ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ९३२ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ४० हजार ६८१ जना रहेका छन् । त्यस्तै हालसम्म १४ लाख ६९४ ओटा पीसीआर परीक्षण भइसकेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ रहेको छ जसमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा १६ हजार ९५८ जना रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्