ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बैङ्किङ कसुरका अभियुक्त एक वर्षपछि पक्राउ        

२०७७ कार्तिक, ११  
प्रदेश ०१
Image Not Found

कात्तिक ११, झापा । अदालतबाट दुई महीना कैद र रू.१ करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि मंगलवार पक्राउ परेका छन् ।     

जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईंलाई एक महीना कैद र रू. २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो ।     

प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले विसं २०७६ पुस २१ गते एक महीना कैद र रू. ९० लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो ।  प्रवक्ता थापाले कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानूनी कारबाही अघि बढाइने बताए ।

झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई निजकै गाउँबाट पक्राउ गरेको हो । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्