ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ज्याक माको कम्पनीले शुरु गर्‍यो संसारकै सवैभन्दा ठूलो आईपीओ जारी गर्ने तयारी

३४ अर्ब डलरको आईपीओ जारी गर्ने

२०७७ कार्तिक, ११  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक ११, पेचिङ । चिनियाँ अर्बपति व्यापारी ज्याक माको फाइनटेक कम्पनी आन्टले ३४ अर्ब डलरको आईपीओ जारी गर्ने तयारी शुरु गरेको छ ।

सांघाई र हङकङको शेयरमार्केटबाट आन्टले उक्त रकम उठाउने लक्ष्य राखेको छ। उक्त कम्पनीले जारी गर्ने आईपीओ संसारमै अहिलेसम्मकै ठूलो हुने ब्लुमबर्गले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

यसअघि साउदीको सरकारी स्वामित्वको कम्पनी अराम्कोले गत डिसेम्बरमा आईपीओ जारी गरेर २९ अर्ब डलर उठाएको थियो।

आईपीओ जारी गरेपछि फाइन टेक कम्पनी आन्टको पूँजी ३१५ अर्ब डलर पुग्ने छ। कम्पनीले गत सोमवार आईपीओका लागि रकम तोकेको हो, अर्को महीनादेखि उसको शेयरको कारोबार हुने  छ। ज्याक माकै अर्को कम्पनी अलिबाबाले आन्ट ग्रूपमा झन्डै ३३ प्रतिशत शेयर पुर्‍याउने भएको छ। त्यसका उसले ७३० मिलियन डलरको शेयर किन्ने सहमति पनि गरेको छ।   

अलिबाबाको अध्यक्षबाट राजीनामा दिएका ज्याक माले अहिले आन्ट ग्रूपको नेतृत्व गरिरहेका छन्। आन्ट ग्रूपमा आफ्नो शेयर ८ दशमलव ८ प्रतिशतमा झार्ने पनि उनले बताएका छन् ।

 उनी चीनमा धनीको सूचीमा पहिलो नम्बरमा छन् भने संसारका धनीहरुमध्ये १७ औं नम्बरमा पर्छन्। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार उनीसँग ६१ अर्ब डलरको सम्पत्ति रहेको छ।

को हुन् मा ?

माको जन्म पूर्वी चीनको हाङचाउ शहरमा सन् १९६४ को सेप्टेम्बर १० मा एक गरीब परिवारमा भएको थियो । उनले आफ्नो करियरको शुरुआत शिक्षण पेशाबाट गरेका थिए । कम्प्युटिङको पृष्ठभूमि नै नभएको माले १७ जना साथी र विद्यार्थीहरूसँग मिलेर सन् १९९९ मा आफनै अपार्टमेन्टमा अलिबाबाको स्थापना गरेका थिए ।

आफ्नो अनलाइन मार्केटप्लेसमा लगानी गर्न उनले साथीहरूलाई निकै मनाउनु परेको थियो । यसअघि पनि कम्पनी स्थापना गर्ने उनको दुई ओटा प्रयास असफल भइसकेको थियो । तर, अलिबाबाबाट भने उनले निराश हुनु परेन । 

समय बित्दै जाँदा अलिबाबा अनलाइन मार्केटप्लेसबाट विशाल इ–कमर्श कम्पनी बन्यो । अहिले अलिबाबाको सम्पत्ति ४ खर्ब ८० अर्ब डलर पुगेको छ ।अलिबाबाकै कारण मा पनि चीनको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

 सन् २००३ मा इ–कमर्श कम्पनीका रूपमा विस्तार हुनुपूर्व अलिबाबाले व्यवसायीहरूका लागि ट्रेडिङ मञ्चको रूपमा काम गर्ने गर्थ्यो । मामा प्रविधिको खासै ज्ञान नै थिएन अनि उनीसँग धेरै पैसा पनि थिएन । तर प्रतिभा र रणनीतिक दृष्टिकोण नै माको सबैभन्दा ठूलो सम्पत्ति बन्योे ।

कर्मचारी, उपभोक्ता र मुख्यतः शेयरधनीहरूलाई मनाउन सक्ने उनको क्षमता राम्रो छ । यस मामिलामा उनी जादूगर नै हुन् भने पनि हुन्छ । तर माले अबको दिनमा परोपकार र शिक्षामा आफ्नो समय दिने योजना बनाएका छन् । कुनै समय अंग्रेजीका शिक्षकबाट आफ्नो करियर शुरू गरेका माले असल शिक्षक बन्ने धोको लिएका छन् । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्