ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढ्छ : मन्त्री भट्ट  

२०७७ कार्तिक, १२  
सुदूरपश्चिम प्रदेश
Image Not Found

कात्तिक १२, कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनि गरिने बताएका छन् ।

मंगलवार महाकाली नगरपालिका–१ मा सुक्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दरगाह निर्माणको कामलाई अगाडि बढाउने बताए ।वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थिति बुझेर प्रक्रिया शुरु गर्ने उनले बताए ।

 मन्त्री भट्टसँगै अनुगमनमा सांसद डा दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार  र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो ।

सुक्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम शुरु गरेको बताइएको छ । मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गते देखि काम शुरु गर्ने बताइएको छ ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्