ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतको बिहारमा विधान सभाको निर्वाचन शुरु

२०७७ कार्तिक, १२  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक १२, नयाँदिल्ली( भारत) ।  भारतको बिहारमा बुधवार कोरोना महामारीका बीच विधानसभाको पहिलो चरणको मतदान भइरहेको छ ।

विहान सात बजेदेखि मतदान शुरु भएको र हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।मतदानमा सहभागी हुने मतदाताहरुलाई मास्क लगाएर लाइनमा बस्न अनिवार्य गरिएको छ ।

बिहारमा  तीन चरणमा मतदान हुने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।बुधवार विहानैदेखि भइरहेको पहिलो चरणको मदतादनमा १६ ओटा जिल्लाका ७१ ओटा सिटमा मतदान भइरहेको छ ।

दोस्रो चरणको मतदान  नोभेम्बर ३ मा र तेस्रो चरणको मतदान नोभेम्बर ७ मा हुने निर्वाचन तालिका छ । निर्वाचनको नतिजा भने  नोभेम्बर १० मा सार्वजनिक हुने छ ।

बिहार चुनावकीे पहिलो चरणको ७१ ओटा सिटमा  तेजस्वी यादव के नेतृत्वको  महागठबन्ध आरजेडीले ४२ सिट र  उसको सहयोगी काँग्रेस २१ सिट र  कम्युनिष्ट पार्टी माले ८ ओटा सिटमा उमेदवारी दिएको छ ।त्यसैगरी मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वको गठबन्धन एनडीए र जेडीयूले ३५ ओटा सिटमा उमेदवारी दिएको छ । एजेन्सीहरु

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्