ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन 

२०७७ कार्तिक, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १२, काठमाडौं । शिवम् सिमेन्ट्सको लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने कात्तिक १२ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रस्तावित लाभांश र आगामी साधारण सभा प्रयोजनका लागि कात्तिक १३ गते एक दिन बुक क्लोज गर्ने भएकाले असोज १२ गतेभित्र लाभांश सुरक्षित गर्नुपर्ने छ । बुक क्लोजको आधारमा कात्तिक १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले यो वर्ष २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्तावसहित कात्तिक २४ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको हो । सभा कम्पनीको कर्पोरेट कार्यालय अनामनगर, काठमाडौंमा विहान ११ बजे शुरु हुनेछ । सभामा शेयरधनीहरुलाई जुममार्फत सहभागी गराईने कम्पनीले बताएको छ ।

कम्पनीको चुक्तापूँजी हाल रू.४ अर्ब ४० करोड रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब ५ करोड ८४ लाख २९ हजार खुद नाफा गरेको थियो ।

उक्त कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू.२४ दशमलव शून्य ६ र प्रतिशेयर नेटवर्थ रू. २०३ दशमलव ४३ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्