ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा बैंकले १३.६०% लाभांश पारित गर्न कात्तिक २८ गते बोलायो वार्षिक साधारण सभा

२०७७ कार्तिक, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १२, काठमाडौं । सानिमा बैंकले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न कात्तिक २८ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा विहान ११ बजे सभा शुरु हुनेछ ।सभाले गत आर्थिक वर्ष २०७६/ ७७ का लागि सञ्चालक समितिले प्रस्ताव गरेको १३ दशमलव ६० प्रतिशत लाभांश पारित गर्नेछ । 

कम्पनीले यस वर्ष १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ८० करोड १३ लाख ८० हजार रहेको छ । बोनस पश्चात यो पूँजी रू. ९ अर्ब ६८ करोड १५ लाख १८ हजार पुग्नेछ । 

लाभांशबाहेक गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित र चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम सभाका लागि तय भएको छ । 

साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति सम्बन्धी प्रक्रिया पुरा गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस आधारमा कात्तिक १६ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्