ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एक वर्षपछि शिवश्री हाइड्रोपावरको आईपीओ सूचीकृत

पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज १०० देखि ३०० सम्म 

२०७७ कार्तिक, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले शिवश्री हाइड्रोपावर कम्पनीको पहिलो कारोबारको लागि रू. १०० देखि ३०० सम्म तोकेको छ । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ । प्रत्याभुतकर्ता र कम्पनी बीचको विवादपछि कात्तिक ६ गते कम्पनीको शेयर सूचीकृत भएको थियो । कम्पनीले १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचीकृत गराएको हो । 

कम्पनीले विसं २०७६ असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि ३३ लाख ५१ हजार १४० कित्ता शेयर निष्कासन गरेको थियो । उक्त शेयरमध्ये ७ लाख २० हजारका लागि मात्र आवेदन परेको थियो  ।  

कम्पनीको प्रत्याभुतिकर्ता मुक्तिनाथ क्यापिटल लिमिटेड र सिबिआइएल क्यापिटल हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्