ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बडादसैंपछि खुलेको नेप्से १०.९३ अंक बढ्यो, ४५ करोड ४९ लाखभन्दा बढीको शेयर खरीदविक्री 

२०७७ कार्तिक, १२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १२, काठमाडौं । बडादसैंपछि खुलेको नेप्से बुधवार कारोबार भएको एक घण्टाको अवधिमा १० दशमलव ९३ अंक बढेर १ हजार ६१७ दशमलव १८ विन्दुमा पुगेको छ ।  

उक्त अवधिमा १४८ ओटा कम्पनीको रू. ४५ करोड ४९ लाख ५४ हजार बरावरको शेयर खरीदविक्री भएको छ । सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको शेयर खरीदविक्री भएको छ । 

उक्त कम्पनीको सो अवधिमा रू. ७ करोड ८१ लाख भन्दा बढीको शेयर खरीदविक्री भएको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आर्कषण बढेको हो ।

 त्यस्तै नेपाल फाइनान्स कम्पनीको शेयर मूल्य ९ दशमलव ६२ प्रतिशत वृद्धि भएको छ । कारोबारमा आएका १२ ओटा समुहमध्ये सबैभन्दा बढी बैंकिङ समुहको परिसूचक १ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ ।

लगानीकर्ताहरुले कम मूल्य भएका कम्पनीहरुको शेयर खरीद गरेसँगै बैकिङ समुहको परिसूचक बढेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्