ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कैलालीमा रहेको सोयाबिन उद्योगमा आगलागी, ४ करोडको धनमालमा क्षति       

२०७७ कार्तिक, १२  
सुदूरपश्चिम प्रदेश
Image Not Found
प्रतिकात्मक तस्वीर

कात्तिक १२, टीकापुर । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा बुधवार बिहान आगलागी भएको छ ।

बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब रू.४ करोडको धनमाल क्षति भएको अनुमान छ । बिहान करीब ४ बजेतिर विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।     
     
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको सञ्चालक मनीष बलायरले जानकारी दिए ।

बिहान ६ बजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्