ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्लोबल आइएमई बैंकको लाभांशमा होमिए लगानीकर्ता, सर्वाधिक रकमको कारोबार 

२०७७ कार्तिक, १२  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

कात्तिक १२, काठमाडौं । यस वर्षका लागि १६ प्रतिशत लाभांश प्रस्ताव गरेको ग्लोबल आइएमई बैंकको बुधवार सर्वाधिक रकमको शेयर कारोबार भइहेको छ । 

कात्तिक ६ गते कम्पनीको सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव गरेपश्चातको पहिलो कारोबार दिन भएकाले पनि उक्त कम्पनीकोे शेयर खरीदमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको हो । बुधवार कारोबारको पहिलो घण्टामा रू. ८ करोड ८८ लाख ५५ हजार बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. ११ ले बढेको छ । यस अवधिसम्म कुल रू. ७० करोड ४२ लाख २३ हजार बराबरको शेयर कारोबार भएकोमा सर्वाधिक हिस्सा उक्त कम्पनीले ओगटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्